गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

औपचारिक भिषा 2074-10-18

औपचारिक भिषा (अफिसियल भिसा) :

  1. नेपाल सरकारले उपयुक्त ठह¥याएका व्यक्ति र तिनका परिवार तथा सम्बन्धित विदेशी कूटनैतिक निकायको सिफारिसमा देहायका विदेशी र तिनका परिवारलाई औपचारिक (अफिसियल) भिषा दिइनेछ :-
    • नेपालका लागि आवासीय वा गैर आवासीय कूटनैतिक नियोग, वाणिज्य दूतावासमा काम गर्ने प्रशाासनिक, प्राविधिक तथा गैर कूटनैतिक कर्मचारी तथा वाह्य मुलुकबाट नेपाल घुम्न आउने वहालवाला नेपाली अवैतनिक महावाणिज्यदूतहरु र तिनका परिवार,
    • नेपाल सरकारसँग भएको सम्झौता बमोजिम नेपालमा रहने सल्लाहकार विशेषज्ञहरु,
    • संयुक्त राष्ट्रसंघ वा त्यस अन्तर्गतका संस्थाहरुका नेपालस्थित कार्यालयमा काम गर्ने कर्मचारीहरु र संयुक्त राष्ट्रसंघद्धारा प्रदान गरिएको लेसेपेसे प्राप्त व्यक्तिहरु,
    • नेपालस्थित अन्तर्राष्ट्रिय संस्था वा क्षेत्रीय सँगठनहरुमा काम गर्ने कर्मचारीहरु,
    • नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको निकाय वा संयुक्त राष्ट्रसंघ वा क्षेत्रीय संगठन वा सो अन्तर्गतको अन्य निकायद्धारा आयोजित सभा सम्मेलन, प्रशिक्षण वा वैठकमा सहभागि हुन आउने व्यक्तिहरु ।
  2. औपचारिक भिषाको लागि अनुसूची – १ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । तर विदेशी कुटनैतिक नियोग वा सो कार्यको लागि अधिकार प्राप्त निकायबाट विवरण सहित अनुरोध वा सिफारिस भई आएमा अनुसूची – १ बमोजिमको निवेदन दिनु पर्नेछ । 

नेपाल को आधिकारिक भ्रमणमा कसलाई भिसाको लागि योग्य छ ?

व्यक्तिका परिवारका सदस्यहरू (पति र शिशु) व्यक्ति भिसाको लागि योग्य छन्। यो जारी गरिएको छ र नेपाल वा आधिकारिक भ्रमणको अवधि सम्म एक समय वा धेरै पटक विस्तारित हुन सक्छ।

जारी गर्ने निकाय :

भिसाको लागि अनलाइन अनुप्रयोग पेश गर्नु पर्ने पररास्ट्र मंत्रालय, वा अध्यागमन बिभाग प्रमुख  मार्फत भिसा लिन सकिन्छ |

निवेदन प्रक्रिया :

भिसा आबेदन प्रक्रिया पररास्ट्र मन्त्रालयमा वा सम्बन्धित अध्यागमन विभागको  कार्यालय  प्रमुख लाई बुझाउने |  

नेपाल सरकार अथवा कूटनीतिक मिसनको  सिफारिस आबेदन संगै पेश गर्नु पर्छ |

(Direct Visa Link to Online application)


पछिल्लो अपडेट गरिएको : 2024-03-18 10:30:52 10:30:52
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter