गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

अध्ययन भिषा 2074-10-18

  • शिक्षा मन्त्रालयको सिफारिस पत्र
  • कलेजमा भर्ना गरेको रसिद
  • स्थानिय बैंकमा मौज्दात रहेको कागजात (Academic/Non Academic course को लागि बार्षिक $3000 usd अनिवार्य जम्मा गर्नु पर्ने,पछिल्लो कम्तिमा एक हप्ता लेटेस हुनु पर्ने
  • अनलाइन फर्म (www.nepalimmigration.gov.np)
  • पासपोर्ट र अन्तिम भिषाको फोटोकपि

नो अब्जेसन लेटर सम्बन्धित दूतावासबाट

अध्यागमन नियमावली २०५१ को परिच्छेद २ (७) मा अध्ययन भिषा सम्बन्धी व्यवस्था भएको

  • नेपाल सरकारले स्वीकृति प्राप्त गरी नेपालको कुनै शिक्षण संस्थामा अध्ययन अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरु तिनका परिवारलाई अध्ययन भिषा दिइनेछ ।
  • नेपाल सरकारबाट प्राप्त छात्रबृति अन्तर्गत वा नेपाल सरकारबाट स्वीकृति कार्यक्रम अन्तर्गत वा दुइ विश्वविधालय बीच भएको संझौता अन्तर्गत अध्ययन तथा अनुसन्धान गर्न आउने वा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुबाट अध्ययन गर्न आउने विदेशी वा माध्यमिक तहसम्मको अध्ययन गर्न आउने विदेशी बाहेक आफुखुशी अध्ययन तथा अनुसन्धान गर्न चाहने अन्य विदेशीलाई नेपालमा रहंदा एकैपटक वा मासिक दामासाहीमा वार्षिक न्यूतम तीन हजार अमेरिकी डलर वा सो बराबरको नेपाली मुद्रा र निजका परिवारको हकमा वार्षिक न्यूतम दुइहजार अमेरिकी डलर वा सो बराबरको नेपाल मुद्रा खर्च गर्न सक्ने आधिकारिक श्रोत वा सो बराबरको बैदेशिक मुद्राको सटही रसिद वा सो बराबरको नेपाली मुद्रा स्थानिय बैंकमा मौज्दात रहेको कागजात पेश गरेको आधारमा मात्र अध्ययन भिषा दिइनेछ ।
  • अध्ययन भिषा एक पटकमा एक वर्षको लागि दिइनेछ । सो भन्दा बढी अवधिको लागि दिन परेमा त्यस्ता व्यक्तिको अध्ययन तथा अनुसन्धान प्रगति विवरण समेत पेश गर्नु पर्छ ।

अध्ययन भिषा जारी गर्दा वा म्याद थप लाग्ने दस्तुर:

  •  अध्ययन भिषा जारी गर्दा वा म्याद थप गर्दा शैक्षिक उपाधि प्राप्त हुने गरी (Degree Programme ) अध्ययनरत विधार्थी र तिनका आश्रित परिवारलाई प्रति महिना २ अमेरिकी डलर बराबरको नेपाली मुद्रा शैक्षिक उपाधि प्राप्त नहुने गरी (non Degree Programme)अध्ययनरत विधार्थि र तिनका आश्रित परिवारलाई प्रति महिना ७ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
  • बंगालदेशबाट अध्ययन गर्न पारस्परिकताको आधारमा बहुप्रवेश अध्ययन भिषा जारी गर्दा वार्षिक अमेरिकी डलर १५  बराबरको नेपाली मुद्रा ।
  •  माल्दिभ्सबाट अध्ययन गर्न आउने विधार्थी र तिनका आश्रित परिवारलाई पारस्परिकताको आधारमा वार्षिक २५ अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
  • भुटानबाट अध्ययन आउने विधार्थी र तिनका आश्रित परिवारलाई बहुप्रवेशी अध्ययन भिषा जारी गर्दा मासिक १५  अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
  • श्रीलंका र पाकिस्तानबाट अध्ययन गर्न आउने विधार्थीलाई पारस्परिकताको आधारमा अध्ययन भिषा जारी गर्दा भिषा दस्तुर लाग्ने छैन । तर तिनका आश्रित परिवारलाई अध्ययन भिषा जारी गर्दा भिषा शुल्क लाग्ने छ ।
    • नेपालस्थित विश्वविधालयहरु र विदेशी विश्वविधालयहरु बीच शिक्षक आदानप्रदान कार्यक्रम अन्तर्गत नेपाल आई निशुल्क अध्ययन भिषा प्राप्त गर्ने भनि निर्णय भएका विदेशीका आश्रित परिवारलाई अध्ययन भिषा जारी गर्दा मासिक दश अमेरिकी डलर बराबरको नेपाली मुद्रा
    • अध्यापन तथा अनुसन्धान गर्न आउने अन्य विदेशी र तिनका आश्रित परिवारलाई मासिक ५० अमेरिकी डलर बराबरको नेपाली मुद्रा ।
    •  स्वयंसेवक वा पारिश्रमिक पाउने गरी अध्यापन कार्यमा संलग्न चाहने विदेशीलाई गृह मन्त्रालयको कार्य सहमति सहित सम्बन्धित मन्त्रालयको सिफारिस प्राप्त पत्र ।

तर तयारी कक्षा वस्तुस्थिति अध्ययन तथा प्रारम्भिक सर्वेक्षणको प्रयोजनका लागि अध्ययन भिषाको सिफारि प्राप्त भएमा पनि भिषा जारी गर्न सकिदैन

    (Multiple भिषाका लागि $ 60 USD, Single re-entry $ 20 USD, लाग्ने छ)


पछिल्लो अपडेट गरिएको : 2024-03-18 10:30:52 10:30:52
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter