गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

कालिकास्थान, काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय 2074-10-16

नेपाल सरकारको अध्यागमन सम्बन्धी नीति एवम् कानुनको कार्यान्वयन गरि अध्यागमन ब्यवस्थापन गर्ने प्रमुख जिम्मेवार निकायको रुपमा अध्यागमन विभागको स्थापना भएको हो। अध्यागमन विभागले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ बमोजिम आफ्नो कार्यलाई व्यवस्थित गर्दै आएको छ।यस विभाग अन्तर्गत प्रवेश तथा प्रस्थान विन्दुमा स्थापित भएका १२ वटा अध्यागमन कार्यलयहरुबाट देशको अध्यागमन सम्बन्धी कार्यहरु भइरहेको छ।साथै अध्यागमन सम्बन्धी केही कार्यहरु परराष्ट्र मन्त्रालय, बिदेशस्थित दुतावासहरु तथा महावाणिज्यदुतावासहरुबाट समेत सम्पादन हुने गर्दछ।

बिदेशीलाई नेपाल प्रवेशको लागि भिसा उपलब्ध गराउने वा प्रवेशको स्वीकृति दिने, भिसाको म्याद थप गर्ने,बिदेशीलाई निषेधित क्षेत्रमा पदयात्रा अनुमति दिने, बिदेशीको नेपालमा हुने उपस्थितिको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्ने, नेपालीहरुको बिदेश प्रस्थान र आगमनलाई ब्यवस्थित गर्ने,अध्यागमन सम्बन्धी अपराधको अनुसन्धान तथा तहकिकात गरि मुद्धा दायर गर्ने लगायतका कार्यहरु अध्यागमन विभागले सम्पादन गर्दै आएको छ।

विभागका कार्यहरु:

अध्यागमन कार्यविधि २०६५ को परिच्छेद २ को २.२ अनुसार यस विभागको काम देहाय बमोजिम रहेको छ ।

•      विदेशीहरुलाई आवश्यक नेपाली भिसा उपलब्ध गराउने, उपलब्ध गराउन आवश्यक ब्यवस्था मिलाउने,

•      उपलब्ध नेपाली भिसाको अवधि थपका लागि माग भएमा कानून अनुसार म्याद थप गर्ने,

•      नेपाली वा विदेशी व्यक्तिले माग गरेमा आगमन र प्रस्थान प्रमाणित गरिदिने,

•      विदेशीहरुलाई नियन्त्रित पदयात्रा क्षेत्रमा जानका लागि पदयात्रा अनुमति दिने,

•      पदयात्रा अनुमति वा भिसा रद्द गर्ने,

•      विदेशीहरुको नेपालमा हुने उपस्थितिको अनुगमन, व्यवस्थापन र नियन्त्रण गर्ने,

•      नेपाली नागरिकको नेपालभित्र आगमन र नेपालबाट प्रस्थानलाई व्यवस्थित गर्ने,

•      जाली राहदानी वा जाली भिसा प्रयोग गरेको, निष्काशित अवधिमा पुनः नेपाल प्रवेश गरेको र अवैध रुपमा मानिस ओसार-पसार गरेको लगायतका अध्यागमन अपराधको अनुसन्धान तहकिकात गरी मुद्दा दायर गर्ने, कानून अनुसार मुद्दाको कारवाही किनारा लगाउने,

•   विदेशबाट निष्काशित वा प्रवेश अस्वीकार भै आएका व्यक्ति एवं तिनका कागजातको आधिकारिकता सुनिश्चित गरी आवश्यकता अनुसार मुद्दा दायर गर्ने वा मिसिल तामेलीमा राख्ने,

•    कुनै अभियोगमा दण्ड सजाय भोगिसकेका वा अध्यागमन ऐन, नियम विपरित कार्य गरेका विदेशीलाई अवधि तोकी वा नतोकी प्रस्थान वा निष्काशन गर्ने,

•      निष्काशित विदेशीको अभिलेख अध्यावधिक गराई राख्ने,

•      अध्यागमन ऐन, नियम विपरितका अन्य कार्यको अनुसन्धान गरी कारवाही गर्ने ।

अध्यागमन कार्यालयहरुको सुची:


क्र.सं अध्यागमन कार्यालय वेभ साइट सम्पर्क नम्बर फ्याक्स नम्बर
१. त्रि.अ.वि., काठमाडौं   +९७७-९८५११४००१०, ०१-४११३०४५ ०१-४११३०९०
गौतम बुद्द अन्तराष्ट्रिय विमानस्थल भैरहवा      
बेलहिया, भैरहवा    ०७१-४१८०२० ०७१-५२०६२९
पोखरा, कास्की    ०६१-४६५१६७ ०६१-४६५१६७
५. काँकरभित्ता, झापा    ०२३-५६२०५४ ०२३-५६३५६९
६. विरगंज, पर्सा    ०५१-५२७४४७ ०५१-५२७४४७
७. जमुनाहा, बाँके   ०८१-४१२००५  ०८१-४१२००५
८. मोहना, धनगढी   ‌ ०९१-५२३२४६ ०९१-४१६२४६
गड्डाचौकी, कञ्चनपुर    ०९९-४०२००४ ०९९-४०२००४
१०. रसुवागढी, रसुवा     ०१०-५४०१३३
११. कोदारी, सिन्धुपलाञ्चोक      
१२. विराटनगर, मोरङ्ग      
१३. पशुपतिनगर, ईलाम    

 


पछिल्लो अपडेट गरिएको : 2024-03-18 10:30:52 10:30:52
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter